दमकका मेयरकी श्रीमतीमा समेत संक्रमण पुष्टि

सेयर गर्नुहोस्

झापा, असाेज १९: दमक नगरपालिकाका मेयर राेमनाथ ओलीकि श्रीमतीमा समेत संक्रमण देखिएको छ । काेटिहाेमकाे प्रयाेगशालामा शनिबार गरिएको परिक्षणका क्रममा ओलीकी श्रीमती लिलामा संक्रमण पुष्टि भएको छ । छाेरा अनिलले फेसबुकमा स्टाटस लेख्दै आइतबारकाे रिपोर्ट अनुसार आमा संक्रमण पुष्टि भएको उल्लेख गरेका छन् । लिला भने आम्दा अस्पतालमा उपचाररत छन् । उनमा सामान्य लक्षण समेत देखिएका छन ।