गाैरादहमा छाेराले चिर्पटले हानेर बाउ गम्भीर घाइते

सेयर गर्नुहोस्
  • 201
    Shares

झापा, असाेज १८: झापाको गाैरादह ५ मा छाेराकाे कुटपिटबाट बुबा गम्भीर घाइते भएका छन् । स्थानीय ३० वर्षीय लक्ष्मी बस्नेतले बुवा मानबहादुर बस्नेतलाई कुटपिट गरेर गम्भीर घाइते बनाएका हुन् । इलाका प्रहरी कार्यालय दमकका डिएसपी बिजय पण्डितका अनुसार छाेराले बाबुलाई चिर्पटले हानेर घाइते बनाएका हुन् । गम्भीर घाइते मानबहादुरकाे दमकमा उपचार हुन नसकि बिर्तामोड स्थिति विएण्डसी अस्पतालमा उपचारका लागि लगिएको छ । घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।