मुन्द्रे कमेडी क्लबकाे अबकाे अध्यक्ष करिष्मा मानन्धर

सेयर गर्नुहोस्

काठमाण्डाैँ, असाेज १८
कलाकार जितु नेपाल मुन्द्रेको हास्य टेलिभिजन कार्यक्रम ‘मुन्द्रेको कमेडी क्लब’को दोस्रो सिजनको अध्यक्षका रुपमा करिष्मा मानन्धर देखिने भएकी छिन्। यसअघि दीपाश्री निरौलाले उक्त भूमिका निर्वाह गरिरहेकी थिइन्। 

शोको  अध्यक्षका रुपमा आफू नरहेको निरौलाले फेसबुकमार्फत् जानकारी दिएकी छिन्। उनले कार्यक्रममा धेरै परिवर्तनहरू गरिएको पनि बताएकी छिन्। उक्त शोमा नरहेकी उनले निकट भविष्यमा आफ्नै टिभी कार्यक्रम आउनसक्नेतर्फ समेत संकेत गरेकी छिन्।

उनले भनेकी छिन्, ‘ निकट भविष्यमा टेलिभिजनको पर्दामा केही फरक कार्यक्रम सहित उपस्थित हुनेछु।’ मुन्द्रेले सञ्चालन गर्ने उक्त कार्यक्रमका लागि केही शृंखला छायांकन भइसकेको बताइएको छ। शृंखलाको पहिलो भागमा रेखा थापा अतिथिका रुपमा देखिने बताइएको छ। कार्यक्रममा राजाराम पौडेल, राजेन्द्र नेपाली, उमेश राई ‘फुलन्देकी आमा’, सन्ध्या बुढा ‘काउली बुढी लगायत कलाकार छन्।