गाैरादहका मेयरकाे श्रीमतिमा समेत संक्रमण

सेयर गर्नुहोस्

झापा, असाेज १८
झापाको गौरादहकी एक महिलालाइ काेराेना संक्रमण पुष्टि भएकाे छ । गौरादह-१ घर भई वी.पी. कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा स्वास्थ्यकर्मीको रुपमा कार्यरत गाैरादह १ की ४५ बर्षीय महिलामा संक्रमण देखिएकाे हाे । संक्रमित महिला गाैरादह नगरपालिकाका प्रमुख राेहितकुमार शाहकी श्रीमति हुन्। श्रीमतिमा संक्रमणदेखिएसँगै प्रमुख शाह हाेम क्वारेन्टाइनमा बसेकाे गौरादह नगरपालिकाका प्रवक्ता नगेन्द्र भण्डारीले जनाए । उनकाे स्बाब संकलन गरिएकाे र सम्पर्कमा रहेकाहरूकाे समेत स्वाब परिक्षण गर्ने उनले बताए ।

थप १ जना महिलामा कोरोना संक्रमण पुष्टी भएसँगै गौरादहमा ८ महिला र १८ जना पुरुष गरि २६ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । गौरादहमा ६ महिला र १५ पुरुष गरि २१ जना संक्रमित निको भएर घर फर्किसकेका छन् भने गौरादह-१ का एक पुरुषको मृत्यु भइसकेको छ ।