कोशी अस्पतालमा विराटनगरका संक्रमितको मृत्यु

सेयर गर्नुहोस्

विराटनगर, असाेज १८
विराटनगरको कोशी अस्पताल अन्तर्गतको कोभिड १९ उपचार केन्द्रमा आइतबार विहान एक कोरोना संक्रमितको मृत्यु भएको छ ।

विराटनगर–९ घर भएका ६२ वर्षीय पुरुषको उपचारको क्रममा विहान ८ः३५ बजे मृत्यु भएको अस्पतालका प्रमुख डा. दिपक सिग्देलले जानकारी दिए ।

मोरङको टंकिसिनुवरीस्थित विराट मेडिकल कलेजमा उपचाररत उनमा असोज १६ गते कोरोना पोजेटिभ देखिएको थियो । विराटले रेफर गरेपछि १७ गते उनलाई कोभिड उपचार केन्द्रमा भर्ना गरिएको थियो ।

स्वासप्रश्वासमा समस्या भएपछि अस्पताल भर्ना गरिएका उनमा मधुमेहको पुरानै रोग रहेको उपचार केन्द्रका सुचना अधिकृत आनन्द लामिछानेले जानकारी दिए ।