दमकमा दुर्घटना ५ जना घाइते, एकको अवस्था गम्भीर

सेयर गर्नुहोस्
  • 38
    Shares

झापा, असाेज १७: झापाको दमकस्थित पूर्वपश्चीम राजमार्ग अन्तर्गत दमकको क्याम्पसमोड नजिकै केही बेर अघि दुई वटा मोटरसाइकल र एउटा साइकल ठोक्किदा भएको दुर्घटनामा पाँच जना घाईते भएका छन ।
दुर्घटनामा एक युवती र ४ युवक घाईते भएका उनीहरुको उद्धारमा संलग्न योगबहादुर खडकाले बताए । घाईतेहरु मध्ये एक युवतीको उपचार लागि विएण्डसी अस्पताल विर्तामोड तर्फ लगिएको छ भने तीन जनाको स्थानीय निम्स अस्पताल र एक जनाको लाइफलाइन अस्पतालमा उपचारका लागि लगिएको छ । अस्पतालमा रहेका उनीहरु कसैको पनि तत्काल पहिचान खुल्न नसकेको इलाका प्रहरी कार्यालय दमकका डिएसपी विजयराज पण्डीतले जानकारी दिए । (निष्कर्ष न्युुज)