सेयर गर्नुहोस्
झापा, असाेज १७: झापाको दमकमा शनिबार ७ जना संक्रमित थपिएका छन । दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईका अनुसार हाेल्डमा बसेका ७ जनाकाे रिपोर्ट पाेजेटिभ देखिएको छ । संक्रमित मध्ये व्यवसायी नेता, सहकारीकर्मी, स्वास्थ्यकर्मी सहितका छन् । १३८ जनाको परिक्षण गरिएकोमा ७ जनाको पाेजेटिभ देखिएको उनलेे बताए । दमक ६ मा रहेको सहकारीका व्यवस्थापकलाई देखिएकाे हाे । यस्तै दमक उद्योग वाणिज्य संघका पदाधिकारीमा समेत सक्रमण देखिएको उनलेे बताए ।