गाैरीगञ्ज गाउँपालिकाका कर्मचारीमा काेराेना संक्रमण

सेयर गर्नुहोस्

झापा, असाेज १७
गाैरीगंज गाउँपालिकाका एक जना कर्मचारीमा संक्रमण देखिएकाे छ । गाउँपालिकाकाे कृषि शाखामा कार्यरत गाैरीगंज गाउँपालिका वार्ड नं. २ काेराेवारी घर भएका कर्मचारीमा संक्रमण भेटिएकाे हाे ।
उनलाई १५ दिन अघि सामान्य ज्वाराे आएसंगै झाडापाखाला लागेपछि उनले दमकस्थित लाईफ लाईन अस्पतालमा उपचार गरेका थिए । त्यहाँकाे उपचारले काम नभएपछी उनी फेरि आम्दा अस्पतालमा टाईफाईड भएकाे भनेर औषधि खाए । अझै असजिलाे भएपछी उनी धरान गएका थिए ।
 आफै उनी   पीसीआर परिक्षणका लागि  धरान स्थित  वीपी  स्वास्थ्य विज्ञान प्रतिष्ठान काेभिड अस्पताल गएका थिए ।  उपचारकै क्रममा उनकाे पिसिआर परिक्षणका लागि स्वाव संकलन गरेपछि आज उनकाे पिसीआर रिपोर्ट पाेजिटिभ देखिएकाे गाैरीगंज स्वास्थ्य शाखा प्रमुख रामचन्द्र मिश्रले जानकारी दिए ।

उनलाई अहिले हाेम आईसाेलेसनमा राखिएकाे छ भने उनकाे परिवारकाे अन्य सदस्यहरूकाे अवस्था सामान्य रहेकाे छ ।