वीपीमा इनरुवाकी संक्रमित महिलाको मृत्यु

सेयर गर्नुहोस्
  • 5
    Shares

धरान, असाेज १७: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा इनरुवाकी एक कोरोना संक्रमित महिलाको मृत्यु भएको छ ।

इनरुवा ४ की २८ बर्षीया महिलाको आज बिहान साढे ४ बजे मृत्यु भएको प्रतिष्ठानले जनाएको छ । उनलाई असोज ८ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनलाई सोही दिन प्रतिष्ठानको कोभिड अस्पतालमा भर्ना गरिएको सहप्रवक्ता डा.आशिष श्रेष्ठले जानकारी दिए । उनलाई कुनै दीर्घरोग नभएको पनि प्रतिष्ठानले जनाएको छ ।