सेयर गर्नुहोस्
झापाफ असाेज १६: कोरोना संक्रमणबाट आमाको मृत्यु भए पछि काजकिरीया गर्न बसेका परिवारका १३ जनामा कोरोना संक्रमण देखिएको छ ।
झापा मेचीनगर ८ की ७२ बर्षिया महिलाको कोरोना संक्रमणका कारण मृत्यु भए पछि १३ दिने काजकिरिया गर्न बसेका छोरा, बुहारी, छोरी, ज्वाई गरी १३ जनामा कोरोना संक्रमण पुष्टी भएको मेचीनगर सामाजिक बिकास समितिका संयोजक नबिन बरालले जानकारी दिनु भयो ।
कोरोना संक्रमण पुष्टी भएकाहरु अधिकाशं पत्रकारिता पेशमा आबद्ध छन । आजको संक्रमित संख्यासंगै मेचीनगरमा कोरोना संक्रमितको संख्या १४७ पुगेको छ ।