कोरोना संक्रमित महिलाले बच्चा जन्माए पछि

सेयर गर्नुहोस्
  • 9
    Shares

धरान असाेज १६,

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानको कोभिड अस्पतालमा एक कोरोना संक्रमित महिलाले बच्चा जन्माएकी छिन् ।विर्तामोड झापाकी २९ बर्षीया गर्भवती महिलाको अप्रेशनमार्फत डेलिभरी भएको हो । गर्भवती महिलाले छोरी जन्माएकी छिन् । उनको हिजो बिहान ११ बजेर २० मिनेटमा अप्रेशनमार्फत डेलिभरि गरिएको प्रतिष्ठानका उपकुलपतिका प्रेस संयोजक शिशिर राईले जानकारी दिएका छन् । प्रतिष्ठानको कोभिड अस्पतालमा संक्रमित महिलाले बच्चा जन्माएको यो दोस्रो हो । यसअघि एक संक्रमित गर्भवती महिलाले नर्मल डेलिभरीमार्फत बच्चा जन्माएकी थिइन् ।उनलाई असोज १२ गते संक्रमण पुष्टि भएको थियो । वीपी प्रतिष्ठानमा उनलाई १४ गते भर्ना गरिएको थियो । डा. मनोजकुमार साह, डा.अस्मिता पाठक, एनेस्थेसियाका विभागका डा.जगद प्रसाद, डा.सहज पौडेल र नर्स गोमाको टिमले डेलिभरी गराएको हो । अहलिे आमा र बच्चा दुवैको स्वास्थ सामान्य रहेको प्रतिष्ठानले जनाएको छ । नवजात शिशुको तौल २.३ केजी रहेको छ ।