झापामा ३ भारतीय नागरिक ब्राउनसुगरसहित पक्राउ

सेयर गर्नुहोस्
  • 6
    Shares

झापा: झापा कचनकवल १ बगान एरिया र गौरीगंज गाँउपालिका २ दासचौरीबाट ३ भारतीय नागरिक ब्राउनसुगरसहित पक्राउ परेका छन् ।

बगान एरियाबाट पक्राउ पर्नेमा भारत बिहार किशनगंज सुखानाडिगी पदमपुरका ३२ बर्षीय फरबेद आलम रहेका छन् । हिजो दिउसो पौने ४ बजे विशेष सुराकका आधारमा जिल्ला प्रहरी कार्यालय झापाबाट खटिएको प्रहरी टोलीले आलमलाई पक्राउ गरेको हो । उनले प्लाष्टिकमा लुकाएर राखेको १४ ग्राम ८९ मिलिग्राम ब्राउनसुगर पनि प्रहरीले वरामद गरेको छ ।

यसैगरी, गौरीगंजबाट भारत किसनगंज सिंहमारी ग्रामपंचायतका २० बर्षीय मुजफर आलिग र २५ बर्षीय जहागिर आलमलाई पनि प्रहरीले पक्राउ गरेको छ । उनीहरुलाई दासचौरीस्थित प्रहरी टोलीले हिजो राती सवा १० बजे ८ ग्राम २०० मिलिग्राम ब्राउन सुगरसहित पक्राउ गरेको हो । पक्राउ परेका तीनै जना भारतीय नागरिकबारे थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।