गाैरादह हत्याकाण्ड: मृतकका श्रीमान् प्रहरी नियन्त्रणमा

सेयर गर्नुहोस्

झापा, असाेज १५: झापाको गाैरादहमा हत्या गरिएकी मनमाया भण्डारीका श्रीमानलाई प्रहरीले नियन्त्रणमा लिएको छ । अनुसन्धानका लागि आज नियन्त्रणमा लिएको हाे । साेमबार गाैरादह १ मा भण्डारीकाे बीभत्स हत्या भएको थियोे । घटनाका विषयमा अनुसन्धानका लागि उनका पति भिम भण्डारीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । प्रहरीको प्रारम्भिक अनुसन्धानका क्रममा हथौड़ा प्रहार गरि हत्या गरिएको पाइएको थियोे । जिल्ला प्रहरी प्रवक्ता राकेश थापाका अनुसार विभिन्न काेणबाट अनुसन्धान जारी रहेको बताए । उनलेे प्रहरीले चाडैं अपराधी पत्ता लाउने जिकिर गरे ।