डिजेल र मट्टीतेलको मूल्य घट्यो

सेयर गर्नुहोस्
  • 21
    Shares

काठमाण्डाैँ, असाेज १५
नेपाल आयल निगमले डिजेर र मट्टीतलेको मूल्य घटाएको छ। बिहीबार राती १२ बजेबाट लागू हुने गरी १ रुपैयाँ प्रतिलिटर कम गरी मूल्य समायोजन गरिएको निगमले जानकारी दिएको हो। 

यो सँगै काठमाडौं उपत्यकामा अब डिजेल र मट्टीतेलको मूल्य ८९ रुपैयाँ कायम भएको छ। पेट्रोल, हवाई ईन्धन तथा एलपी ग्यासको मूल्य भने हाललाई यथावत राखिएको समेत निगमले जानकारी दिएको छ। 

प्रत्येक १५ दिनमा भारतीय आयल कर्पोरेसनले निगमलाई नयाँ मूल्य सूची उपलब्ध गराउने र सोही अनुसार नेपालमा पेट्रोलियम पदार्थको मूल्य समयोजन हुँदै आएको छ।