इटहरीमा ७ दिन विद्युत अबरूद्ध हुने (सुचना सहित)

सेयर गर्नुहोस्
  • 16
    Shares

इटहरी, असाेज १५
इटहरी बजार क्षेत्रमा ७ दिन सम्म विद्युत अबरुद्ध हुने भएको छ । ६ लेन सडकले पोल सार्नु पर्ने भएको कारण विद्युत अवरुद्ध हुने भएको हो । सडक बिस्तारका लागी सडक छेउका पुराना बिजुलीका पोलहरु फेर्ने भएकाले बिद्युत अवरुद्ध हुने विद्युत प्राधिकरण इटहरी शाखाले जनाएको छ ।भोली देखि असोज २२ गते सम्म इटहरीको साथी पेट्रोल पम्प देखि गोरखा बेकरी सम्म बाटो बिस्तार गर्नु पर्ने इटहरी बितरण केन्द्रले जानकारी दिएको छ । ११ केभि इटहरी फिडवारबाट तथा ११ केभि उद्योग लबिपुर फिडवारबाट आपूर्ती भएका बिद्युत बिहानको ९ बजेबाट बेलुका ४ बजे सम्म आवरुद्ध हुने जनाएको छ ।