सेयर गर्नुहोस्
दमक, असाेज १५
झापाको दमकमा पुष्प धिरेन्द्र स्मृति प्रतिष्ठान अन्तर्गत पोलिटेक्नीकल कलेजले यस बर्षदेखि दमकमा इन्जीनियरिङ पढाउने भएको छ ।
३ बर्षे सिभिल र कम्प्युटर जुनियर इन्जीनियरिङ पढाइ हुने छ । प्रतिष्ठानका अध्यक्ष तीर्थराज बस्नेत शंकरले प्राविधिक जनशक्ति उत्पादनका लागि यस बर्षदेखि प्राविधिक बिषय अध्यापन गराइने बताए । यो कोर्ष एसइइ उत्तीर्ण भएपछी पढन सकिने छ ।
बस्नेतका अनुसार एसइइमा परिक्षामा अनिवार्य गणित र विज्ञान विषयमा न्युनतम सी ग्रेड प्राप्त र अग्रेजी विषयमा न्युतम डि प्लसं ग्रेड प्राप्त गरेको हुनुपर्ने छ । दुबै बिषयमा यस बर्ष ४८, ४८ जना भर्ना हुने छन् । अध्यक्ष बस्नेतका अनुसार याेग्यता पुगेका विद्यार्थीलाइ फारम भर्न आवेदन खुल्ला गरिएकाे छ ।