इटहरीका संक्रमितकाे वीपीमा मृत्युु

सेयर गर्नुहोस्
  • 4
    Shares

धरान, असाेज १५: इटहरीका एक कोरोना संक्रमित व्यक्तिको उपचारको क्रममा निधन भएको छ ।

इटहरी ६ सुनसरीका ५६ बर्षीय पुरुषको उपचारको क्रममा निधन भएको हो । उनको हिजो राती ९ बजेर ४५ मिनेटमा वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको कोभिड अस्पतालमा उपचारको क्रममा निधन भएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए । उनलाई विराट मेडिकल कलेजले रिफर गरेपछि वीपी प्रतिष्ठानमा उपचार भइरहेको थियो ।

ज्वरो, खोकी, श्वासप्रस्वाशमा कठिन भएर र कोभिड पुष्टि भएपछि धरान रिफर भएका थिए । उनी हिजो राती ९ बजेर ३० मिनेटमा वीपीमा भर्ना भएका थिए । वीपीमा भर्ना भएको १५ मिनेटभित्रै उनको निधन भएको प्रतिष्ठानले जनाएको छ । वीपीको कोभिड अस्पतालमा ल्याउदा उनको अवस्था ज्यादै गम्भीर रहेको पनि प्रतिष्ठानले जनाएको छ ।