सेयर गर्नुहोस्
उर्लाबारी, असाेज १५: मोरङको उर्लाबारी नगरपालिका – २ कि ८४ वर्षिया कोरोना संक्रमित बृद्धाको आज बिहान घरमै मृत्यु भएको छ । दिर्घरोगले थलिएकी बृद्धालाई दुई दिनअघि विराटनगरस्थित विराट मेडिकल कलेजमा उपचार गराएर घर ल्याईएको थियो ।
अस्पतालमै पिसिआर परीक्षण गर्दा बृद्धमा कोरोना पोजेटिभ भेटिएको थियो । बृद्धालाई होम आईसोलेसनमा राखिएको थियो भने उनका परिवार होम क्वारेन्टाईमा बस्दै आएका छन् । बृद्धाको शव व्यवस्थापन नेपाली सेनाको टोलीले गर्ने उर्लाबारी नगरपालिका स्वास्थ्य शाखाका संहसंयोजक सुरेश खड्काले जानकारी दिनुभयो ।