वीपीमा सप्तरीका संक्रमितकाे मृत्युु

सेयर गर्नुहोस्
  • 15
    Shares

धरान, असाेज १४: वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा उपचारको क्रममा एक कोरोना संक्रमित व्यक्तिको मृत्यु भएको छ ।

कोभिड १९ अस्पतालमा उपचारको क्रममा आज बिहान ३ बजेर १० मिनेटमा राजविराज ४, सप्तरीका ३९ बर्षीय पुरुषको मृत्यु भएको हो । प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाका अनुसार असोज १० गते कोभिड अस्पतालमा भर्ना गरेर मृतकलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको थियो । उनलाई असोज ९ गते कोरोना संक्रमण पुष्टि भएको थियो ।

मृतकलाई विराटनगरस्थित गोल्डेन हस्पिटलले रिफर गरेपछि वीपी प्रतिष्ठानमा भर्ना भएका थिए । उनलाई उच्चरक्तचाप, विगत १० बर्षदेखि मधुमेह र मृगौलाको दीर्घकालिन समस्या भएर डाइलाइसिस भइरहेको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए । वीपी प्रतिष्ठानमा उपचारको क्रममा मृत्यु हुने संक्रमितको कुलसंख्या ३७ पुगेको पनि प्रवक्ता डा.सापकोटाले जानकारी दिए ।