झिलझिलेमा सबारी दुर्घटनामा एक महिलाकाे मृत्यु

सेयर गर्नुहोस्

झापा, असाेज १३
झापाको झिलझिलेमा सबारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आज बेलुका ८ बजे शिवसताक्षी ८ को पूर्व पश्चिम राजमार्गमा बोलेरोले पैदल यात्रुलाई ठक्कर दिदा एक जना महिलाको मृत्यु भएको हो ।
पुर्वबाट पश्चिम तर्फ गइरहेकको बा १९ च ५९९० नम्बरको बोलेरोले ठक्कर दिँदा झिलझिलेकी ४० बर्षीय कमला चापागाइँको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । दुबै खुट्टा र अनुहारमा चोट लागेको उनको उपचारका क्रममा बिर्तामोडको बिएण्डसी अस्पतालमा मृत्यु भएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । यस्तै बोलेरोका चालक शिवसताक्षी ९ बस्ने अमृत याेङहाङलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।