दमकमा ४ जना सहित झापामा ९ संक्रमित थप

सेयर गर्नुहोस्
  • 41
    Shares

झापा, असाेज १३
झापामा आज ९ जना कोरोना संक्रमित थपिएका छन् । ती मध्ये दमकमा आज ४ जना संक्रमित थपिएका छन् ।
दमक, अर्जुनधारा, र भद्रपुरका संक्रमित थप भएका हुन् । ती सबै स्थानीय हुन् । दमक नगरपालिकाकाको १, ५, ७ र ८ नम्बरका ८२, ३७, ३८ र ४९ बर्षिय संक्रमित थपिएका हुन् । ती मध्ये एक जनाको स्वाब विराटनगरको नोबेल अस्पतालबाट लिइएको थियो । भद्रपुरका ३ जना र अर्जुनधाराका २ जनामा संक्रमण देखिएको हो ।
झापामा आज सम्म ६९ जना सक्रिय संक्रमित छन भने ८ जनाको मृत्यु भएको जिल्ला स्वास्थ्य कार्यालयका जिवन चम्लागाईले जनाएका छन् ।