विराटनगरमा सुनसरीका एक संक्रमितकाे मृत्यु

सेयर गर्नुहोस्

विराटनर, असाेज १३
 विराटनगरको कोशी अस्पतालमा मंगलबार एक जना कोरोना संक्रमित पुरुषको मृत्यु भएको छ ।

सुनसरीको दुहवी नगरपालिका–५ घर भएका ६० वर्षीय पुरुषको उपचारका लागि अस्पतालमा भर्ना गरिएको केहीबेरमै सोमबार अपरान्ह मृत्यु भएको हो ।

अस्पतालका आइसोलेसन संयोजक डा.लक्ष्मीनारायण यादवका अनुसार ज्वरो, खोकी र श्वासप्रश्वासमा समस्या देखिएपछि उनलाई सोमबार दिउँसो २ः४५ बजे अस्पतालमा उपचारका लागि भर्ना गरिएको थियो । आइसोलेसनमा राखेर उपचारको क्रममा २० मिनेटपछि उनको मृत्यु भएको अस्पतालले जनाएको छ ।

मृत्युपछि स्वाब संकलन गरेर पीसीआर परीक्षण गर्दा रिपोर्ट पोजेटिभ आएको हो । मृतकमा कुनै दीर्घ रोग नरहेको जानकारी परिवारले दिएको अस्पतालले जनाएको छ ।