माेरङका संक्रमितकाे वीपीमा मृत्यु

सेयर गर्नुहोस्
  • 5
    Shares

 धरान, असाेज १३
वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानमा आज बिहानै एक जना कोरोना संक्रमित पुरूषको मृत्यु भएको छ ।

मृत्यु हुनेमा मोरङको सुनबर्षी नगरपालिकाकी ७ की ६८ बर्षीया पुरूष रहेको प्रतिष्ठानले जनाएको छ । प्रवक्ता डा.निदेश सापकोटाका अनुसार उनको आज बिहानै ३ बजे निधन भएको हो । उनी असोज १० गते बिहान ७ बजे कोभिड अस्पतालमा भर्ना भएकी थिइन् । उनलाई भेन्टिलेटरमा राखेर उपचार भइरहेको प्रतिष्ठानले जनाएको छ ।

मृतकलाई नोबल मेडिकल कलेज विराटनगरले वीपीमा रिफर गरेको थियो । मृतकलाई असोज ५ गते कोरोना संक्रमण पुष्टि भएको थियो । मृतकलाई ज्वरो, खोकी, श्वासप्रश्वासमा कठिन भएर र कोभिड भएर वीपीमा रिफर गरिएको थियो । अहिलेसम्म वीपी प्रतिष्ठानमा मृत्यु हुनेको संख्या ३६ पुगेको छ ।

समाचारमा यसअघि पुरुष हुनुपर्नेमा महिला भएकोमा हामी क्षमाप्राथी छौं । सम्पादक