विद्यार्थीको आन्दोलन पछी विराटनगरमा कक्षा ११ को परिक्षा स्थगित

सेयर गर्नुहोस्
  • 20
    Shares

विराटनगर, असाेज १२
विराटनगर महानगरपालिकाले असोज १५ देखि लिने भनिएको कक्षा ११ को परिक्षा स्थगित भएको छ ।

विभिन्न राजनीतिक दल, विद्यार्थी र अभिभावकले परिक्षा रोक्न चौतर्फि दबाब दिँदै आएका थिए । महानगरले निजि शैक्षिक संस्थाको दबाबमा परि परिक्षा सँचालन गर्ने तयारी गरेको आरोप लगाउँदै आएका थिए । परिक्षा सँचालनका लागि विराटनगरमा अझै वातावरण बन्न नसकेको भन्दै आज प्रमुख जिल्ला अधिकारी कोषहरी निरौलाको सँयोजकत्वमा बसेको जिल्लास्तरीय क्राइसिस म्यानेजमेन्ट टीमको बैठकले तत्काल परिक्षा रोक्न आग्रह गरेको हो ।

विराटनगरका ३७ विद्यालयमा कक्षा ११ र १२ को पढाइ हुन्छ । झण्डै ८ हजार विद्यार्थी सँलग्न हुने उक्त परिक्षाले कोरोना जोखिम बढाउने र विद्यार्थीलाई मनोवैज्ञानिक त्रास हुने भन्दै परिक्षा नगर्न भनिएको प्रजिअ निरौलाले जानकारी दिए । ‘अहिले विराटनगरमा कुनैपनि शैक्षिक गतिविधि गर्ने वातावरण नै छैन,’उनले भने ‘यस्तो बेला परिक्षा सँचालन गर्ने बारे सोच्न सकिँदैन ।’

परिक्षा सँचालनबारे पुनर्विचार गर्ने विद्यर्थीहरुले आज विराटनगर महानगरपालिकाको कार्यालय अगाडी धर्ना समेत दिएका थिए । उनीहरु जनप्रतिनिधि निजि शैक्षिक सँस्थाको प्रलोभनमा पनि परिक्षा सँचालन गर्ने तालिका सार्वजनिक गरेको भन्दै आपत्ति जनाएका थिए । उनीहरुले कोभिडको जोखिम भएपछि मात्र परिक्षा सुचारु गर्न माग राखेका छन् । त्यस्तै अभिभावकहरुले समेत परिक्षा रोक्न दबाब दिएका थिए । विराटनगर ५ का रमेश घिमिरेले यो परिक्षा सँचालन गर्ने उपयुक्त समय नभएको भन्दै परिक्षा नरोके अदालत जाने तयारी भइरहेको जानकारी दिए । उनले कोरोना त्रासले विश्व समस्यामा परेको र विराटनगरमा अवस्था असामान्य रहेको हुँदा परिक्षा गर्न नहुने बताए ।