कमलमा काेभिड अस्पताल उद्घाटन

सेयर गर्नुहोस्

झापा, असाेज १२
प्रदेश १ मा झापाको कमल गाउँपालिकामा स्थानीय तहको पहिलो कोभिड अस्पतालको उद्घाटन गरिएको छ । सरकारले प्रत्येक स्थानीय तहमा एउटा कोभिड अस्पताल बनाउन भनेसँगै कमलमा सोमबार उद्घाटन गरिएको हो ।
अस्पतालको प्रदेश १ का आन्तरिक मामिला मन्त्री हिक्मतकुमार कार्कीले उद्घाटन गरे । कमल ५ को शसस्त्र प्रहरी गण नजिकै रहेको अस्पतालमा प्रदेश सरकारको ५ लाख सहित कमल गाउँपालिकाको १६ लाख रुपैयाँ लागत लागेको छ । तत्काल ५ बेडको अस्पताल निर्माण गरि जनशक्ति समेत छनौट गरिएको कमल गाउँपालिकाकी अध्यक्ष मेनुका काफ्ले बताइन् । कमल गाउँपालिकाका प्रमुख प्रशासकीय अधिकृत सुवास श्रेष्ठका अनुसार सरकारले तोकेको एक जना एमबिबिएस डाक्टर सहितको जनशक्ति छनौट भइसकेको बताए ।

उनले अस्पतालको पूर्वाधार सँगै प्राविधिक विकास गर्दै लगिने उल्लेख गरे । उनका अनुसार यो कोभिड अस्पताल प्रदेश १ कै पहिलो स्थानीय तहमा बनेको अस्पताल हो । अस्थायी बाँस र भुइमा ढलान गरि अस्पताल निर्माण गरिएको छ । अहिले अस्पतालमा अस्पताल एमविविएस डाक्टर १ जना , स्टाफ नर्स २ जना र कार्यालय सहयोगी १ जना कार्यरत छन् ।