चुलाचुलीमा खुल्न थाले विद्यालय

सेयर गर्नुहोस्

चुलाचुली, असाेज १२
ईलामको चुलाचुली गाउँपालिका विद्यालय सञ्चालन हुन थालेका छन् ।
गाउँपालिकाले निर्णय गरेर आइतबारदेखि विद्यालय लगाएकाे हाे । गाउँपालिकाका शिक्षाा शाखा प्रमुख रामप्रसाद मिश्रले अभिभावक, जनप्रतिनिधी, सामाजिक सुरक्षा समिति, सञ्चालनकाे सल्लाह अनुसार विद्यालय खुलाइएकाे बताएका छन । गाउँपालिकामा २१ वटा सामुदायिक र ६ वटा संस्थागत विद्यालयका प्रतिनिधीकाे सुझाव अनुसार विद्यालय खुलाइएकाे उनले बताए ।  
वाल विकास तर्फका कक्षा नर्सरी, एल केजी र यु केजीलाई विध्यालयमा सन्चालन नगरि घरैमा वैकल्पिक पठन पाठनको व्यावस्था मिलाईने र कक्षा एक देखि कक्षा १२ सम्म भने जोर बिजोर प्रणालीबाट दैनिक दुई शिफ्टमा कक्षा सन्चालन गरिएकाे छ ।

चुलाचुली बाेर्डिङ स्कुलमा दुरी सहित बसेका विद्यार्थी

पहिलो सिफ्ट बिहान १० बजे देखि १२:४० सम्म र दोश्रो सिफ्ट दिउसोको १ बजे देखि ४:२० सम्म सन्चालन भइरहेका छन ।
बिद्यालय सञ्चालन गर्दा आवस्यक पर्ने स्वास्थ्य सुरक्षाका सामग्रीहरु मास्क, सेनिटाइजर, साबुन, सिटामोल तथा थर्मल गनहरू अनिवार्य प्रयाेग गरिनुपर्ने छ ।