सेयर गर्नुहोस्
झापा, असोज १२
झापाको गौरादहका एक जना व्यवसायीको कोरोना संक्रमणबाट मृत्यु भएको छ । विराटनगरको नोेबल अस्पतालमा उपचारका क्रममा सोमबार निधन भएको स्वास्थ्य शाखा गौरादहका सहसंयोजक गोविन्द श्रेष्ठले जानकारी दिए ।
कलेजो, मधुमेहको समेत समस्या देखिएका उनीमा असोज ६ गते कोरोना संक्रमण पुष्टि भएको थियो । उनी नोबेलमै उपचाररत थिए । ५२ बर्षीय ती पुरुष गौराहमा सुनचाँदी व्यवसाय समेत गरेका थिए ।