वीपीमा थप एक संक्रमितकाे मृत्युु

सेयर गर्नुहोस्
  • 4
    Shares

धरान, असाेज १२; धरानका एक जना कोरोना संक्रमितको मृत्यु भएको छ ।

वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा उपचारको क्रममा आज धरान २ ठेगाना भएकी ३८ बर्षीया महिलाको मृत्यु भएको छ । प्रतिष्ठानका अनुसार उनको आज बिहान ५ बजेर ४५ मिनेटमा निधन भएको हो । मृतकलाई हिजो राती ११ बजेर ५० मिनेटमा प्रतिष्ठानको आकस्मिक कक्षमा भर्ना गरिएको प्रवक्ता डा.निदेश सापकोटाले जानकारी दिए ।

मृतकलाई कोरोना संक्रमण भएको रिपोर्ट आज आएको थियो । मृतकलाई ज्वरो, खोकी, श्वास प्रश्वासमा कठिन र नियोनियाको लक्षण देखिएर अस्पताल लगिएको थियो । उनलाई दीर्घरोग भएको जानकारी नभए पनि इर्मजेन्सीमा परिक्षण गर्दा अत्यधिक मात्रामा ब्लड सुगर देखिएको प्रतिष्ठानले जनाएको छ । योसँगै धरानमा मृत्यु हुने कोरोना संक्रमितको संख्या ८ पुगेको छ ।