काेशी अस्पतालका डाक्टर सहित ४४ जनामा संक्रमण

सेयर गर्नुहोस्
  • 6
    Shares

विराटनगर, असाेज १२
विराटनगरस्थित कोशी अस्पतालमा कोरोना संक्रमितको संख्या ४४ पुगेको छ ।

अस्पतालमा चार जना डाक्टरसहित आइतबारसम्म ४४ जनामा कोरोना संक्रमण पुष्टि भएको अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा.चुमनलाल दासले जानकारी दिए ।

अस्पतालका ४ जना डाक्टर, १४ जना नर्स र अन्य अस्पतालका कर्मचारीमा कोरोना देखिएको छ । शनिबार र आइतबार २ जना डाक्टरसहित चार जनामा कोराना देखिएको छ ।

डाक्टरमा संक्रमण देखिएपछि अस्पतालको आइसीयू र अर्थो वार्ड ६ दिन बन्द भएको थियो । आइतबारदेखि सञ्चालनमा आएको मेसु दासले जानकारी दिए । आइसीयू र अर्थो विभागमा कार्यरत चिकित्सकमा संक्रमण पुष्टि भएपछि असोज ५ गतेदेखि बन्द भएको दुवै वार्ड सञ्चालनमा आएको हो ।