झापा, असाेज १०
झापाको दमकको ग्लोबल एजुकेसनल एकाडेमीले अनलाइन कक्षा नभएको महिनामा पनि मासिक शुल्क तिर्न अभिभावकलाई दबाब दिएको छ ।
अनलाइन नपढाएपनि शुल्क तिर्न दबाब भएपछी एक अभिभावकले फेसबुकमा असन्तुष्टि पोखेका छन् । उनले नपठाएको पैसा नतिर्ने बताएपछी विद्यालयका प्रिन्सीपल गुणराज अधिकारीले विद्यार्थी नपढाए हुने भनेर चेतावनी दिएका छन् ।
ग्लोबल एजुकेसनल एकेडमीमा आफ्ना तीन जना बिद्यार्थीहरुको रजिष्ट्रेसन र मासिक शुल्क बुझाउन जाँदा आफुलाई प्रीन्सिपल गुणराज अधिकारीले असारदेखिको नै मासिक शुल्क मागेको मेघनाथ फुयालले बताएका छन् । मेरा छोराछोरी अनलाईन कक्षामा सामेल नै भएका छैनन्, फुयालले भने, म कसरी उक्त शुल्क तिरुम भन्दा यस्ता अभिभावक चाहिदैन भनेर प्रिन्सीपल अधिकारीले भने ।
असोजदेखि अनलाईन कक्षा शुरु हुने आफुले सुनेकाले असोजदेखिको नै शुल्क बुझाउने मनाशयले आफु बिद्यालय गएको उनको भनाई छ । मैले छोराछोरीको रजिष्ट्रेसन नगरी फर्किएको छु, फुयालको भनाई रहेको छ । अनलाइन कक्षा लिएको भए त म तिर्न पनि राजि बन्ने थिए तर आजसम्म एकपटक पनि अनलाइन कक्षामा छोराछोरी सामेल छैनन्, फुँयालको भनाई छ ।
विद्यालयका प्रध्यानाध्यापक गुणराज अधिकारीले सामाजिक सन्जालमा लेखेर समस्या समाधान नहुने बताए । असारदेखि शुल्क लिइदै गरिएको हो, अधिकारीले भने, सरकारले पैसा लिनु भनेको छ । तर सरकारले असारदेखि शुल्क लिन भनेर कुनै निर्देशन दिएको छैन् । उनले मासिक शुल्क लिइरहेको बताएका छन् । तर अनलाइन कक्षा भने नभएको दाबी अभिभावक फुयालले गरेका छन् ।
सेयर गर्नुहोस्
१० आश्विन २०७७, शनिबार १७:५५