७६ हजार नेपाल स्वदेश फर्के, सबै भन्दा बढी दुबइबाट

सेयर गर्नुहोस्

काठमाडौं, असाेज १०
कोभिड–१९ को विश्वव्यापी महामारीबाट उत्पन्न असहज परिस्थितिका कारण विदेशमा अप्ठेरोमा परेका ७६ हजार ९६७ नेपाली स्वदेश फर्किएका छन्। कोभिड–१९ संकट व्यवस्थापन संञ्चालन केन्द्र (सिसीएमसी) का अनुसार बिहीबारसम्म जहाजमार्फत् ३२ मुलुकबाट उक्त संख्यामा नागरिक  मुलुक फर्केका हुन्।

मुलुक फर्कनेमा सवैभन्दा बढी संयुक्त अरब इमिरेट्स (युएई)बाट २२ हजार २१४ छन् भने सबभन्दा कम श्रीलंकाबाट ५ जना छन् । उनीहरु अधिकांश रोजगारीका लागि गएका हुन्। केन्द्रका अनुसार, हालसम्म कतारबाट १० हजार ३०६, कुवेतबाट ८ हजार ३३५, मलेसियाबाट ११ हजार ३५२, साउदी अरेबियाबाट ११ हजार ८१९, दक्षिण कोरियाबाट १ हजार ४४७, बहराइनबाट  १ हजार २७४, ओमनबाट १ हजार १५०, अष्ट्रेलियाबाट १ हजार ९१ र टर्कीबाट ९३६ छन् ।

स्वदेश फर्कनेमा प्रदेश १ का १४ हजार ५४६, प्रदेश २ का ११ हजार ९०९, वाग्मती प्रदेशका १८ हजार २४७, गण्डकी प्रदेशका ८ हजार ९७३, प्रदेश ५ का ११ हजार ४५०, कर्णाली प्रदेशका १ हजार ५१८ र सुदूरपश्चिम प्रदेशका  १ हजार ७३७ रहेको केन्द्रले जनाएको छ । फर्कनेमध्ये ८ हजार ४९७ जनाको भने प्रदेश विवरण प्राप्त नभएको जनाइएको छ।