अर्जुनधारा नगरपालिकाका ३ वटा शाखा बन्द

सेयर गर्नुहोस्
  • 6
    Shares

झापा, असाेज ९
कोरोना संक्रमितको प्रवेशपछि अर्जुनधारा नगरपालिकाले तीनवटा शाखा आजदेखि बन्द गरेको छ । कृषि, प्रशासन र प्राविधक शाखा बन्द गरिएको हो ।

बिहीवार कार्यालय प्रवेश गरेका एक जना सेवाग्राहीमा संक्रमण पुष्टि भएपछि तीनवटा शाखा बन्द गरिएको नगर प्रमुख हरिकुमार रानाले बताए । बिर्तामोडबाट अर्जुनधारा नगरपालिकाको कार्यालयमा प्रवेश गरेका ती व्यक्तिमा कोरोना संक्रमण पुष्टि भएको हो ।संक्रमित व्यक्तिको सम्पर्कमा आएका सबै कर्मचारीलाई आइसोलेसनमा राखिएको छ । पाँच दिनपछि उनीहरुको स्वाब संकलन गरेर परीक्षणका लागि पठाइने नगरपालिकाका स्वास्थ्य शाखा प्रमुख मुकुन्द बस्नेतले बताए ।