७ जना कैदी सहित झापामा १४ जनामा काेराेना संक्रमण

सेयर गर्नुहोस्

झापा, असाेज ९
झापामा आज थपिएका १४ जना संक्रमितमध्ये ७ जना कारागारका कैदीहरुमा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

शुक्रबार झापामा थपिनेमा भद्रपुर जिल्ला कारागारका ७ जना कैदीबन्दी, २ जना प्रहरी र १ जना कर्मचारी तथा अन्य पालिकाका १ जना महिलासहित ४ जना स्थानीयलाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको हो ।

स्वास्थ्य कार्यालय झापाका फोकल पर्सन जीवन चौलागाईले भद्रपुर नगरपालिका वडा नम्बर १० का १० जनामध्ये १ महिला र ९ जना पुरुष रहेको बताए । उनका अनुसार १० जनामा ७ जना कारागारका कैदीबन्दी, २ जना प्रहरी र १ जना कारागारका कर्मचारी हुन् ।

उनीहरु २२ वर्षकादेखि ७५ वर्ष उमेरसम्मका संक्रमित कैदीबन्दी स्थानीय रहेको बताइएको छ ।

त्यस्तै बिर्तामोड नगरपालिका वडा नम्बर ५ का ६० वर्षीय १ जना महिला, शिवसताक्षी नगरपालिका वडा नम्बर १ का ७१ वर्षीय १ जना पुरुष र झापा गाउँपालिका–६ नम्बर वडाका ५२ र १७ वर्षीय २ जना स्थानीय रहेको चौलागाईले जानकारी दिए ।

योसँगै झापामा कोरोना संक्रमितको संख्या ८३६ पुगेको छ । निको हुनेको संख्या ७५७ छ । सकृय संक्रमित ७३ जना छन् भने हालसम्म ६ जनाको मृत्यु भईसकेको छ ।