गाैरादह ३ का एकल महिलालाई बाख्रा वितरण

सेयर गर्नुहोस्
  • 27
    Shares

गाैरादह, असाेज ९: गाैरादह नगरपालिका वडा नम्वर ३ ले न्यून आय भएका एकल महिलाहरुलाई बाख्रा वितरण गरेको छ । वडाका १३ जना एकल महिलालाई अनुदानमा ११ वाेटा बाख्राका पाठी वितरण गरिएकाे हाे ।
वडाले लक्षित बर्ग उत्थान कार्यक्रम अन्तर्गत आम्दानिकाे स्राेत नभएका एकल महिलालाई बाख्रा बितरण गरेकाे ३ नम्वर वडा अध्यक्ष गजेन्द्र घिमिरेले बताए । उनले यसै कार्यक्रम अन्तर्गत २ वाेटा सुगुर का पाठा समेत केहिदिन पछि उपलब्ध गराउने जनाए ।

एकल महिला ३ नं वाड अध्यक्ष यसाेदा दाहालले निम्न आय भएका एकल महिलाको जिवनस्तर उकास्न सहयोग पुग्ने बताइन् ।

वडाबाट बितरण गरिएका बाख्रा जमुनापारि क्रस जातका पाठि रहेकाे र प्रतिकेजि ५ सयका दरले १५२ के.जि.काे जम्मा ७६ हजार रुपैयामा खरिद गरिएकाे बताईएकाे छ ।