आम्दा र दमक अस्पताललाई स्वास्थ्य समाग्री हस्तान्तरण

सेयर गर्नुहोस्

झापा, असोज ७
टिएडयु ची फाउण्डेसनले दमकका दुई अस्पताललाई ४५ लाख बढीको स्वास्थ्य सामाग्री हस्तान्तरण गरेको छ ।
सरकारको समन्वय र फाउण्डेसनले दमक अस्पताल र आम्दा अस्पतालका लागि कोभिड १९ संक्रमित बिरामीको उपचारका लागि सहयोग समाग्री हस्तान्तरण गरिएको हो । स्वास्थ्य मन्त्री भानुभक्त ढकालले ती समाग्री हस्तान्तरण गरेका थिए ।
दुबै अस्पताललाई २४०० थान डिस्पोजेबल माक्स, २७० थान फेस माक्स,२८८ थान पीपीइ, १००० थान पन्जा, इन्फारेड थर्ममिटर र भेन्टीलेसन इक्युपमेन्ट हस्तान्तरण गरेको हो । दमक अस्पतालकी एनेस्थेसिया एसिस्टेन्ट देवी दगालका अनुसार यी समाग्री कोभिड १९ बाट जोगिनका लागि स्वास्थ्यकर्मीले प्रयोग गर्ने छन् ।


सरकारी १५ बेडको जिल्ला अस्पतालको मान्यता पाएको दमक अस्पतालमा अहिले बिशेषज्ञ सेवाहरु शुरु भएका छन् । दैनिक ४ सय बिरामीले अहिले पनि स्वास्थ्य सेवा लिइरहेको दंगालले बताइन् ।
अग्रपङ्गतीमा काम गर्ने स्वास्थ्यकर्मी नै संक्रमित हुन थालेपछी सुरक्षा अपनाउन उपयोगी हुने अस्पतालले जनाएको छ । दमक अस्पतालमा कार्यरत ३ जना स्वास्थ्यकर्मी संंक्रमित भएका छन् ।