झापामा कैदी समेत संक्रमित, आजै २० जना थपिए

सेयर गर्नुहोस्
  • 3
    Shares

झापा, असोज ६ः झापामा आज मात्रै २० जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये १५ जना दमक नगरपालिकाका छन् । दमकका ६ महिला र ९ पुरुषमा संक्रमण देखिएको हो । दमक ४, ५, ७ र ८ नम्बर वडाका ८ बर्षदेखि ७२ बर्ष सम्मका संक्रमित भएका छन् ।
स्वास्थ्य कार्यालय झापाका कोभिड फोेकल पर्सन जिवन चम्लागाईका अनुसार झापा कारागारका एक जना कैदी बन्दीमा समेत संक्रमण देखिएको छ । यस्तै भद्रपुरका १ जना, मेचीनगरका दुुइ जना स्थानीय र एक जना भारतबाट आएकामा संक्रमण देखिएको छ । कमल गाउँपालिका ७ का एक जना स्थानीयमा समेत संक्रमण पुष्टि भएको छ । यो संख्या सँगै झापामा ८१३ जनामा संक्रमण देखिएको छ । ती मध्ये अहिले ९९ जना संक्रिय संक्रमित छन भने झापामा ४ जनाको मृत्यु भइसकेको छ ।