२ जना स्वास्थ्यकर्मी सहित दमकमा थपिए १४ संक्रमित

सेयर गर्नुहोस्
  • 92
    Shares

झापा, असाेज ६: झापाको दमकमा थप १४ जनामा संक्रमण देखिएको छ । ती मध्ये एकै घरका ४ जना र २ जना स्वास्थ्यकर्मी छन् । शुक्रबार परिक्षण गरिएका १४० मध्ये १४ जनामा पाेजेटिभ देखिएको हाे । दमक ५ का कन्ट्याक्ट् ट्रेसिङमा परेका एकै घरका ४ जनामा संक्रमण देखिएको हाे । यस्तै दमक अस्पतालका २ जना स्वास्थ्यकर्मीमा संक्रमण देखिएको दमक नगरपालिका स्वास्थ्य शाखाका कुबेर भट्टराईले जानकारी दिए । ती मध्ये एक महिला र एक पुरुष हुन् ।