यसरी जिते १०६ बर्षिय बयाेबृद्धले काेराेना

सेयर गर्नुहोस्
  • 206
    Shares

झापा, असाेज ६
भारत पुर्णीया घर भएका सुकदेव साहेब एक र्बष देखि दमकमा थिए । दमक ९ मा एक घरमा बस्दै आएका उनमा १४ दिन अघि कोरोना संक्रमण देखियो । उनी सहित त्यस घरमा बस्ने आमा, नाति र बुहारीमा देखियो । साहेब कविर धर्मका गुरु हुन् । उनी गत साल असोजमै दमक आएका थिए ।
भारत पुर्णिया घर भएका उनका २ छोरी र एक छोरा छन्् । १४ दिन अघि त्यहीँ घरकी छोरीमा संक्रमण देखिएपछी घरका सबैको जाँच गरिएको थियो । तर सिंखडा परिवारकी सासु, बुहारी र एक छोरा सहित धर्म गुरुमा संक्रमण देखियो । १ सय ६ बर्षीय उनी भारतको कालेबुङ्गमा धेरै जाडो भएपछी दमकमा आएका थिए । उनी गर्मी बढेपछी जाने भन्दै दमकमा रोकिएका थिए ।
सन् १९१४ जनवरी १२ मा जन्मेका साहेब कविर धर्मका गुरु हुन् । सिमावर्ती भारतमा जन्मेका उनी प्रवचन र धार्मिक कार्यका लागि बर्षमा ५ पटक नेपाल आउछन् । घरकै मुली चन्द्रकला सिंखडाका अनुसार उनका पतिमा कोरोना संक्रमण देखिएपटी उनीमा पनि जाँच गरिएको थियो । उनका छोरा, नाति र बुहारीमा संक्रमण देखिएपछी नातिनी र छोरामा संक्रमण देखिएन् ।
धर्म गुरु सहित अरु चार जना घरको माथिल्लो तल्लामा बसे, छोराले पकाएर ल्याइदे सबैले खाए । धर्म गुरुका अनुसार पीसीआर जाँच अगाडी उनलाई ज्वरो आएको थियो । त्यसबाहेक कोरोनाको कुनै पनि संकेत थिएन । घरबाट तल सम्म झर्न नसक्ने गुरुलाई परिवार मार्फत सरेको हुन सक्ने अनुमान उनलाई छ ।
१०६ बर्ष १६ महिनाका उनी झापा सहित पूर्वमा प्रबचन दिन्छन् । घरकी बुहारी ममता ढकाल सिंखडाका अनुसार ती धर्म गुरुमा कोरोनाको कुनै लक्षण छैन । दिनमा ४ पटक खानुहुन्छ, स्वास्थ्य एकदमै ठिकै छ, उनले भनिन्, कहिले काहीँ खोकी लागेको भन्नु हुन्छ । उनका अनुसार ती गुरुमा अरु कुनै रोग पनि छैन् । दमक नगरपालिकाका क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भटटराईले मुलुकमै पहिलो उच्च उमेरका संक्रमितले कोरोना जितेको बताए । उहाँको उच्च मनोवलका कारणले पनि उहाँले सहजै परास्त गर्न सक्नु भयो, उनले भने, उहाँले धेरैलाई प्रेरणा समेत दिनुभएको छ ।
स्थानीय तथा दमक ९ का वार्ड सदस्य समिन रिजालका अनुसार परिवारको हेरचाह,चासोका कारण बृद्ध बुवाले सहजै कोरोना परास्त गरेको बताए । उहाँमा कुनै पनि कमजोर भएको महसुस भएन, उनले भने, सहजै परास्त गर्नुभयो ।
१०६ बर्षिय बयो बृद्ध सँग सिम्खडा परिवारका ७ बर्षिय नातिले समेत कोरोनालाई जितेका छन् । ती धर्म गुरुले नेपालको स्वास्थ्य प्रणालीलाई धन्यवाद दिएका छन् । उनले भने, भारतमा भएको भए न जाँच न उपचार कम्तीमा यहाँ त जाँच गर्ने वातावरण सम्म त छ ।