सेयर गर्नुहोस्
दमक, असाेन ५
झापाकाे दमकमा शुक्रबार गरिएकाे स्वाब परिक्षमा अझै २२ जनाकाे रिपाेर्ट हाेल्डमा राखिएकाे छ । कुल १ सय ४० जनाकाे स्वाब लिइएकाेमा १ सय १८ जनाकाे रिपाेर्ट नेगेटिभ देखिएकाे छ । दमक ९ का १ सय ६ बर्षीय धर्मगुरूले समेत काेराेना जितेका छन । कविर धर्म गुरु रहेका १०६ बर्षीय सुकदेव साहेव काेराेना संक्रमण मुक्त भएका हुन् । सम्भवतः उनी नेपालमा संक्रमण मुक्त हुने बढि उमेरका ब्यक्ति हुन ।