माैसमः प्रदेश १ मा मेघगर्जन सहित बर्षा

सेयर गर्नुहोस्
  • 6
    Shares

काठमाण्डाै, असाेज ५
हाल उत्तरपूर्व बंगालको खाडीमा न्युन चापीय क्षेत्र रहेको छ । यसकासाथै मनसुनको न्युन चापीय रेखा पश्चिम तर्फ नेपालमा रहेको छ भने पूर्वतर्फ नेपाल भन्दा दक्षिण तर्फ रहेको छ। हाल देशभरको मौसममा सामान्य बदली रहेको छ ।

प्रदेश १ र २ का केही स्थानहरूमा पूर्ण बदली रही केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षा भईरहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।

आज दिउँसो देशभरको मौसममा सामान्यतया बदली रहनेछ । देशका केही स्थानहरूमा मेघगर्जन र चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

यसकासाथै प्रदेश नं १ र २ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको विभागले जनाएको छ । त्यसैगरी आज राती देशभरको मौसममा सामान्यतया बदली रहनेछ ।

केही स्थानहरूमा मेघगर्जन रचट्याङसहित हल्कादेखि मध्ययम वर्षाको सम्भावना रहेको छ । यसकासाथै प्रदेश नं १, २ र बाग्मती प्रदेशका एक, दुई स्थानमा भारी वर्षाको सम्भावना रहेको छ । त्यस्तै प्रदेश नं १, २, बाग्मती प्रदेश, गण्डकी प्रदेश र प्रदेश ५ का केही स्थानहरुमा हावाहुरीको सम्भावना रहेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ ।