लागुऔषधसहित गौरादहबाट दुईजना पक्राउ

सेयर गर्नुहोस्
  • 7
    Shares

झापा, असाेज ४
प्रहरीले झापाको गौरादहबाट लागू औषधसहित दुई जनालाई पक्राउ गरेको छ । गौरादह-९ बैगुन्धुराबाट प्रहरीले उनीहरुलाई समातेको हो ।

पक्राउ पर्नेमा गौरादह-३ का प्रमानन्द राजवंशी र राजेश महताे रहेका छन् । प्रहरी चौकी महाभरा र सशस्त्र प्रहरी बल बैगुनधुराकाे संयुक्त गस्ती टोलीले उनीहरुलाई पक्राउ गरेको हो ।

उनीहरुका साथबाट १५८ बोतल इस्कफ नामक लागुऔषध बरामद भएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । झापाका प्रहरी प्रवक्ता डिएसपी राकेश थापाले उनीहरुमाथि म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी दिए ।