कृषि मन्त्री भाेली झापा आउने

सेयर गर्नुहोस्
  • 4
    Shares

झापा, असाेज ४
कृषिमन्त्री घनश्याम भुसाल भोलि साेमबार झापा आउने भएका छन् । इलाम र झापामा आयोजना गरिएका विभिन्नन कार्यक्रममा सहभागिता जनाउन मन्त्री भुसाल झापा आउन लागेका हुन् ।

भोलि ३ बजे मन्त्री भुसाल चन्द्रगढी विमानस्थलमा अवतरण गर्नेछन् । लगत्तै झापाका सहकारीकर्मीसँग उनले  छलफल गर्ने कार्यक्रम छ ।

नेपाली चियाको लाेगाे सार्वजनिक गर्ने मुख्य कार्यक्रममा सहभागिता जनाउन मन्त्री भुसाल पर्सि इलाम पुग्ने कार्यक्रम रहेको नेकपा झापाका प्रचार विभाग उपप्रमुख सन्तोष आचार्यले जानकारी दिए ।

इलामको कार्यक्रम सकेर मन्त्री भुसाल झापा फर्किनेछन् । उनले पर्सीकै दिन झापामा नेकपाका कार्यकर्तासँग छलफल गर्ने कार्यक्रम पनि राखिएको छ ।