गाैरादहकाे दुर्गा मन्दिरकाे नयाँ समिति चयन

सेयर गर्नुहोस्

गाैरादह, असाेज ४
गाैरादह नगरपालिका १ स्थित दुर्गा मन्दिर ब्यबस्थापन समितिकाे अध्यक्षमा सारदा भेटवाल सर्वसम्मत भएकी छिन् । गाैरादहमा सम्पन्न साधारणसभाले भेट्वाललाई सर्वसम्मत निर्वाचित गरेकाे हाे । नवनिर्वाचित समितिकाे उपाध्यक्ष दाताराम ढकाल र उमा बस्नेत रहेका छन । त्यस्तै सचिवमा दाेर्णचार्य तिम्सिना , सहसचिवमा पुरषाेत्तम गाैतम र काेषाध्यक्ष लाेकमाया बिष्ट (एन्जिला) छन ।

त्यसैगरि सदस्यहरु सुर्यनारायण शाहा , हरि पाेख्रेल , साबित्रा कट्टुवाल , धर्मा कार्कि सुवेदी , तुलषा बस्नेत , सीता भट्टराई , मुना ढुंगाना ,ममता दाहाल , प्रेम बस्नेत , लिला कार्कि , गाेमा नीराैला लगायत १९ सदस्य समिति निर्वाचित भएका हुन । गाैरादहकाे मुख्य बजारमा रहेकाे दुर्गा मन्दिरमा काेराेना संक्रमण र पहिलेकै अध्यक्षलाई निरन्तरता दिनुपर्ने अडानका कारण साधारणसभा हुन सकिरहेकाे थिएन । साबिक अध्यक्ष खगेन्द्र कार्किलाई नै अध्यक्ष बनाउनकालागि सहमति जुटाउन पटक पटक साधारणसभा सारिए पनि सहमति नभएपछी सारदा भेटवालकाे अध्यक्षतामा नया समिति बनाईएकाे हाे ।