दमक, असोज ४
कानुन विपरित आफ्नो तह भन्दा माथिल्लो तहको तलब खाने दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत गणेशप्रसाद तिम्सीनाले समेत तक्मा पाएका छन् ।
राष्ट्पति विद्यादेवी भण्डारीले उनलाई प्रबल जनसेवा श्री चर्तुथले बिभुषित गरिने भएको हो । ४८ औ कार्यपालिका बैठकबाट नगरपालिकाका प्रमुख रोमनाथ ओली नभएको बेलामा उनले उपप्रमुख गिता अधिकारीलाई प्रभावमा पारेर निर्णय गराएका थिए ।
गत बर्ष असोज ४ गते शनिबारको बैठकमा उनले तलब बढाउने निर्णय गराएका हुन् । उनी भन्दा उपल्लो तहका दिनेशकुमार न्यौपानेले त्यहाँ शिक्षा शाखाका दशौँ तहका अधिकृत छन् । उनी बराबर तलब खानका लागि तिम्सीनाले बोर्ड बैठकबाट निर्णय गराएका तलब बढाएका थिए ।
समाचार प्रकाशित भएपछी तत्काल उनले तलब फिर्ता गर्ने भनेर फेसबुकमा लेखे पनि न फिर्ता गरे न त्यसको जानकारी नै गराए । उपल्लो निकाय सँग पहुँच भएका उनी सबै प्रमुख प्रशासकीय अधिकृत सरुवा हुँदा समेत दमकमा नै बसेका छन् ।
गत उनले साउन १ गतेदेखि नै लागु हुने गरि तलब बढाएका थिए । प्रमुख प्रशासकीय अधिकृत कार्यापालिकाको सदस्य सचिव रहन्छन् । सरकारी तलब अनुसार तिम्सीनाको तलब ४० हजार तीन सय ३० रुपैयाँ मात्रै हुन्छ । तर तिम्सीनाले भने कार्यापालिकाबाट निर्णय गराएर ७ हजार ५० रुपैयाँ थप तलब बुझ्ने गरेका हुन् ।