समाचारमा भाषाकाे प्रयाेग सम्बन्धी अन्तकृया

सेयर गर्नुहोस्
  • 2
    Shares

गाैरादह, असाेज २
झापाकाे गौरादहमा पत्रकारिता नेपाली भाषाकाे प्रयाेग सम्बन्धी अन्तकृया सम्पन्न भएकाे छ। सञ्चार क्लब गौरादहको आयोजनामा अन्तर्कृया कार्यक्रम सम्पन्न भएको छ । स्वतन्त्र पत्रकार केशव निरौलाले कार्यक्रममा सहजिकरण गरेका थिए ।
कार्यक्रममा पत्रकारितामा नेपाली भाषाको प्रयोग कसरी भईरहेको छ र नेपाली भाषालाई कसरी शुद्ध रुपमा प्रयोग गर्न सकिन्छ भन्ने बिषयमा छलफल भएको थियो ।
संचारक्लब गौरादहका उपाध्याक्ष सन्तोष बिष्टको सभापतित्वमा सम्पन्न भएको कार्यक्रमको संयोजन क्लबका सल्लाहकार डण्डिराज घिमिरेले गरेका थिए । कार्यक्रममा सञ्चार क्लबमा आवद्ध र गौरादहमा रहेर पत्रकारिता गरिरहेका संचारकर्मिहरुको उपस्थिति रहेको थियो ।