विराटनगर, असाेज २
प्रदेश १ मा आज १ सय ६६ कोरोना संक्रमित थपिएका छन् । ती मध्ये झापाका ८ जना छन ।
मोरंगमा १ सय जना संक्रमित थपिएका छन् भने सुनसरीमा ५६, झापामा ८ र उदयपुरमा २ जनामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । मन्त्रालयका अनुसार विराटनगरमा आज ५८ जनामा संक्रमण देखिएको छ । संक्रमण देखिएका मध्ये २५ महिला र ३३ पुरुष छन् । मोरंगको कटहरीमा ७ महिला र ८ पुरुष, पथरीशनिश्चरेमा ४ पुरुष, बुढीगंगामा १ महिला र ३ पुरुष, जहदामा १ महिला र २ पुरुष, धनपालथानमा १ महिला र २ पुरुष, रंगेली र बेलबारी १–१ महिला, ग्रामथान र सुन्दरहरैचामा १–१ पुरुष, स्थानीय तह नखुलेका ३ महिला र ६ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।
सुनसरीको ईटहरीमा ७ महिला र २५ पुरुष, बराहक्षेत्रमा २ महिला र १० पुरुष, धरानमा १ महिला र ८ पुरुषमा संक्रमण पुष्टि भएको छ भने इनरुवामा १ महिला र १ पुरुष, हरिनगरमा १ महिला, झापाको शिवसताक्षीमा ३ महिला र ४ पुरुष, कनकाईमा १ पुरुष, उदयपुरको त्रियुगामा १ पुरुष, स्थानीय तह नखुलेका १ पुरुषको रिपोर्ट पोजेटिभ आएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ मा कोरोना संक्रमितको संख्या ५ हजार ४३७ पुगेको छ ।
प्रदेश १ मा आज १ सय ९२ जना डिस्चार्ज भएका छन् । होमआईसोलेसनबाट १ सय २७, कोभिड १९ आईसोलेसन अस्पताल, सुन्दरहरैचाबाट ३३, धानजन आईसोलेसन अस्पतालबाट १३, जिल्ला अस्पताल संखुवासभाबाट १०, मेची अस्पताल झापाबाट ४, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट ३, वि.जेनरल अस्पताल हरिनगर र मारवाडी सेवा सदन आईसोेलेसन विराटनगरबाट १–१ जना डिस्चार्ज भएको सामाजिक विकास मन्त्रालयले जनाएको छ । प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या २ हजार ४३२ पुगेको छ । प्रदेश १ मा आज ६ सय ६९ जनाको पीसीआर परीक्षण गरिएको छ । परीक्षण गरिएका मध्ये ५७ महिला र १ सय ९ पुरुषको रिपोर्ट पोजेटिभ आएको छ । मन्त्रालयका अनुसार हाल सम्म १ लाख १३ हजार ८८९ जनाको पीसीआर परीक्षण गरिएको छ ।