यस्ताे छ नेपालकाे रेल

सेयर गर्नुहोस्

जनकपुर, असाेज २
सरकारले जनकपुर–जयनगर रूटमा सञ्चालन गर्न भारतसँग किनेको रेल जनकपुर आइपुग्ने क्रममा छ। सरकाले चेन्नइको कोंकर्ण रेलवे कर्पोरेसनसँग किनेको दुई वटा रेल नेपाल आउन लागेका हुन्। 

जनकपुर–जयनगर खण्डमा चलाउन लागिएको रेल अत्याधुनिक इलेक्ट्रोनिक सिस्टमको हो। सरकारले ८६ करोड रुपैयाँमा दुई सेट डेमु ट्रेन खरिद गरेको हो।

प्रधानमन्त्री केपी शर्मा ओलीले रेललाई आफ्नो ड्रिम प्रोजेक्टको रूपमा चित्रण गर्दै आएका छन्। नेपाल रेल्वे कम्पनीले रेल सञ्चालनका लागि केही दिन अघि १ सय २९ जना सहायक प्राविधिक सहितको कर्मचारी मागेको थियो। रेल आइपुगेसँगै नेपाल रेल्वे कम्पनीले दसैं अघि नै रेल सेवा सुरू गर्ने तयारी गरेको छ।