गाैरादहका प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा, भट्टराई आउदै

सेयर गर्नुहोस्
  • 53
    Shares

झापा, असाेज १: झापाको गाैरादहका प्रमुख प्रशासकीय अधिकृतकाे सरुवा भएको छ । प्रमुख प्रशासकीय अधिकृत खेमराज ओझाकाे रतुवामाइ नगरपालिका सरुवा भएको छ । यस्तै रतुवामाइ नगरपालिकाका राजेन्द्र भट्टराईकाे गाैरादह नगरपालिका सरुवा भएको छ ।

मन्त्रालयले मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सुदूरपश्चिम प्रदेशका उपसचिव गणेश सिंह ऐरीलाई अमरगढी नगरपालिका डडेलधुरामा सरुवा गरेको छ । मेचीनगर नगरपालिका, झापाका महेन्द्र कुमार खाम्याहाङलाई अर्जुनधारा नगरपालिका झापा, माई नगरपालिका, इलामका दिनानाथ लम्साललाई मेचीनगर नगरपालिका, झापा, रतुवा माई नगरपालिका, मोरङका राजेन्द्र भट्टराईलाई गौरा दह नगरपालिका झापा, गौरा दह नगरपालिकाका खेमराज ओझालाई रतुवा माई नगरपालिकामा सरुवा गरेको छ ।

खेमराज ओझा

त्यस्तै मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश १ मा कार्यरत गणेश प्रसाद दाहाललाई बिर्तामोड नगरपालिका झापा, जिरी नगरपालिका, दोलखाका शिव प्रसाद रिजाललाई बागलुङ नगरपालिका बागलुङ, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका ध्रुव कुमार कोइरालालाई भेरी नगरपालिका, जाजरकोट र अर्जुनधारा नगरपालिका झापाका पंकज भुर्तेललाई मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय प्रदेश एकमा सरुवा गरिएको छ ।

राजेन्द्र भट्टराई

मन्त्रालयले मंगलबार मात्रै २५ जना उपसचिवहरूको सरुवा गरेको थियो ।