दमक अस्पतालकी कर्मचारीमा काेराेना संक्रमण

सेयर गर्नुहोस्
  • 28
    Shares

झापा, असाेज १
झापाकाे दमक अस्पतालमा कार्यरत कर्मचारीमा काेराेना संक्रमण देखिएकाे छ । दमक ५ स्थायी घर भएकी ती कार्यालय सहयाेगी महिलामा पनि संक्रमण देखिएकाे हाे ।

दमक नगरपालिकाका जनस्वास्थ्य निरिक्षक बद्री बरालका अनुसार अस्पतालकाे गाइनाे वार्डमा कार्यरत ती महिलामा संक्रमण देखिएकाे हाे । उनी केही दिन यता घरमै आइसोलेसनमा बसेकी थिइन । बुधबार उनका पतिमा समेत संक्रमण देखिएकाे थियाे । बरालका अनुसार प्राेटकल अनुसार अस्पताल सेनिटाइज गर्ने काम भइ हाल्ने छ । ती महिलाका घरकै ३ जनामा संक्रमण देखिएकाे बरालले बताए ।