दमकमा १४३ जनामा कोरोना संक्रमण, १ सय १३ कोरोनामुक्त

सेयर गर्नुहोस्

झापा, असोज १
झापाको दमकमा १ सय ४३ जनामा कोरोना संक्रमण देखिएको छ । ती मध्ये ३० जना आइसोलेसनमा छन् । १५ जना पुरुष र १५ जना महिला उपचाररत छन् ।
कुल ९७ पुरुष र ४४ महिलामा संक्रमण देखिएको थियो । ती मध्ये १ सय १३ जना निको भइसकेका छन् । ८२ पुरुष र ३१ महिला कोरोना संक्रमणमुक्त भएको दमक नगर क्वारेन्टाइन व्यवस्थापन समितिका सचिव कुवेर भट्टराईले जानकारी दिए । दमकमा आज मात्रै ६ जनामा संक्रमण देखिएको थियो । ती सबै दमक ५ का हुन् ।